काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले २४ सदस्सीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार सो सचिवालयमा अध्यक्ष, सम्मानित नेता, उपाध्यक्ष, उपमहासचिव र सचिव गरी मुख्यतयाः पदाधिकारी सम्मिलित २४ जनाको प्रतिनिधित्व रहनेछ ।
बैठकले महासचिव घनश्याम भुषालकोनेतृत्वमा उपमहासचिवहरु सदस्य रहने गरी केन्द्रीय कार्यालय सञ्चालन गर्ने पनि निर्णय लिएको छ ।
अन्य पार्टी पदाधिकारी तथा केन्द्रिय नेताहरुको कार्यविभाजन भने बिहिवार गर्ने गरी स्थायी समिति बैठक सकिएको खतिवडाले जानकारी दिए ।