रौतहट । पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित लागू औषधको कारोवार नियन्त्रण गर्न प्रहरीले बिशेष कार्यक्रम सञ्चालन गरेको छ।
ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको सक्रियतामा लागुऔषध कारोबार नियन्त्रण गर्न बिशेष कार्यक्रम सञ्चालन गरिएको हो। पहिलो चरणमा चन्द्रपुर नगर क्षेत्रभित्र संचालनमा रहेका औषधि मेडिकल पसल ,क्लिनिक ,अस्पतालका संचालकहरूसंग प्रहरी कार्यालयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको थियो।
अन्तर्क्रिया कार्यक्रममा डिएसपी राज कुमार राईले शान्ति सुरक्षा सम्वन्धमा राय सुझाब लिई लागुऔषध सम्वन्धि कानूनी जानकारी दिँदै आ(आफ्नो व्यवसायमा मापदण्डहरूको पालना, कानून बमोजिम बन्देज गरिएको कुनै पनि औषधिहरू ९लागूऔषध० विक्रिवितरण नगर्ने नगराउने लगायतका विषयहरूमा बताएका थिए।
यस आर्थिक वर्षमा हालसम्म ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले लागु औषध सहित ५ जना मानिस नियन्त्रणमा लिएर कार्वाहीको दायरामा ल्याएको छ। उक्त अवधिमा लागु औषधको गाँजा २६ केजि ५६० ग्राम, नशालु ईन्जेक्सन दाईजिपाम २ एम एलको ४८ एमपुल, फेनारगन २ एम एलको ४८ एमपुल, बुप्रेनर्फिन २ एम एलको ४८ एमपुल बरामद गरिएको डिएसपी राईले जानकारी दिएका छन्।
चन्द्रपुर नगरक्षेत्र भित्र लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा सुधारको लागि ४ जनालाई पक्राउ गरी सुधार गृह पठाईएको तथा २५ जना मानिसलाई पक्राउ पश्चात लिखित कागज गराएर पहिलो पटकको लागी अभिभावकको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको सूचनामा उल्लेख गरिएको छ।