काठमाडौं । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । अब किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ उखु मिलबाट पाउने छन् ।
सरकारले यसअघि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो । सरकारले उखु किसानलाई अनुदानबापत दिने रकमको भने निर्णय गर्न बाँकी छ ।