काठमाडौँ । क्रुनाल पाण्डेय आगामी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) बाट खेल्ने भएका छन् ।
आज साउदी अरबमा जारि आइपिएल अक्सनमा क्रुनाललाई बैंगलुरुले ५ करोड ७५ लाख भारुमा किनेको हो । उनका लागि राजस्थान रोयल्सले पनि बोली लगाएको थियो । अघिल्लो सिजन लखनउबाट खेलेका क्रुनाललाई लखनउले रिलिज गरेपछि अक्सनमा आएका थिए ।
आजको अक्सनमा दक्षिण अफ्रिकाका मार्को जानसेनलाई पञ्जावले ७ करोडमा किनेको छ भने इङल्याण्डका साम कुरानलाई चेन्नईले २.४ करोड भारुमा किनेको छ ।
त्यसैगरी वाशिंगटन सुन्दरलाई गुजरात टाइटन्सले ३ करोड २० लाखमा किनेको छ ।