काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनसँग ऋण लिन नहुने जनाएका छन् ।
केपी ओली सरकारका मुख्य सहयोगी पुर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले चीनसँग ऋण नभइ अनुदान लिनु पर्ने पार्टी धारणा रहेको प्रस्ट पारेका छन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पुर्व प्रधानमन्त्री तथा पुर्व परराष्ट्र मन्त्रीहरूसँगको सामुहिक छलफलमा अनुपस्थित रहेर धनुषा एक कार्यक्रमका लागि पुगेका देउवाले संक्षिप्त प्रतिक्रिया दिदैँ अनुदान मात्रै लिनु पर्नेमा जोड गरेका हुन ।
यता, सिंहदरबारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्दता जनाएका छन् ।
जनकपुर बिमानस्थलमा उनले साे प्रतिक्रिया दिएका हुन् ।