काठमाडौं । एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले मंसिर १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १८ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२.३० बजेबाट सुरु हुनेछ । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।