काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा मंशिर १३ गते चीन जाने भएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन ।
प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् ।
मुख्यतयाः चीनको ठुृला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबिच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभुमी तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ ।