काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.५१ अंकले बढेको छ । यससँगै सूचक २७०५.१६ विन्दुमा आएको छ । ४४ कम्पनीको ५ हजार १ सय ७३ कित्ता सेयर कारोबार २९ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको भाउ बढेको छ भने १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८२ वटा कारोबार भएको छ ।