काठमाडौं, मंसिर ०४ । प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ अंकले बढेको छ । यससँगै सूचक २७५८.४१ विन्दुमा आएको छ । ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर कारोबार हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।