सिरहा । धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत मनोमौजी ढङले बनाएको बजेट तथा कार्यक्रम उपर छानविनको माँग राख्दै नगर उपप्रमुख सहित काार्यपालिका सदस्यहरुले विरोध गरेका छन् ।
नगर प्रमुख शिवशंकर महतो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले आफ्नो अनुकुलको बजेट बनाएर सुत्रमा हाल्ने र नगरपालिकाको आधिकारीक वेवसाइटमा सार्वजनिक गरेको विषय तत्काल छानविनसहितको माँग गर्दै १९ जना कार्यपालिका सदस्यहरुले विज्ञप्ती जारी गरेर विरोध जनाएका हुन् ।
नगर सभाले सर्वसम्मत पासगरेको नीती तथा कार्यक्रम हुबहु प्रमाणित भई सार्वजानिक हुनुपर्नेमा पारित गरेको बजेट भन्दा फरक बजेट तथा कार्यक्रमहरु नगर प्रमुखले प्रमाणित गरी कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहामा बुझाई सुत्रमा ईन्टी गरेका जनाइएको छ। नगरप्रमुख, प्रमुख प्रशाशकीय अधिकृत र लेखा अधिकृतले नगरसभाले पास गरेको बजेट तथा कार्यक्रमलाई थप परिमार्जन गरी अर्को बजेट तथा कार्यक्रम गैरकानुनी रुपमा प्रमुख प्रशासकिय अधिकृतले हस्ताक्षर गरी नगरपालिकाको आधिकारीक वेबसाईटमा हालेकोले त्यसको तत्काल छानविन नगरे आन्दोलनमा जाने ४ नम्वरका वडा अध्यक्ष ओम यादवले जनाए ।
उनले भने, ‘ नगर सभाबाट सर्ब सम्मत पारित २०८१÷०८२ को बजेट तथा कार्यक्रम (रातो किताब) कानुन विपरित प्रमुख प्रशासकिय अधिकृतले परिमार्जन गरी हस्ताक्षर गर्दै सार्वजनिक गरेकोमा हामीले असहमती जनाएपनि नगर प्रमुखले कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रकम कुम्लयाउनकै लागी आफु अनुकुल बनाइएको रातो किताव कानुन विपरीत कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेश गरेको उनको दावी छ।
नगर प्रमुखले नियतबस नियमित राखिनु पर्ने कार्यापालिका बैठक सुनियोजितरुपमा नराखी महत्वपूर्ण प्रस्ताव÷ निर्णयहरु रोकी सेवा प्रवाह, विकासका कार्य, विषयगत शाखाहरुको कामकाज र वडा कार्यालयहरु ठप्प हुने अवस्थामा पुगेकोले नगर प्रमुखले तत्कालै समस्या समाधान नगरेको कडा आन्दोलनमा उक्रिने उनको भनाई छ।’
अवैध ग्रभेल उत्खन्नलाई रोकी नियमानुसार कानुन बमोजिम राजश्वको प्रक्रियामा नल्याएको संयुक्त विज्ञप्तीमा उल्लेखगरेको छ। विज्ञप्तीमा संघीय सरकारले पठाएको ससर्त बजेटको सेनेटरी प्याड र दिवा खाजा कार्यक्रमलाइ कार्यन्वयन गर्न वेवास्ता गरेको, नगरपालिका तथा वडा कार्यालयको अनुदानमा राखिएको शिक्षक÷शिक्षिकाहरुको तलब हाल सम्म पनि नपठाएको, नगरपालिकाबाट संचालित देशकै एक मात्र योग तथा नेचुरोपेथी कार्यक्रमका शिक्षकहरुको म्याद हाल सम्म नथपी धरासायी बनाएको आरोप लागाएको छ।
उनीहरुले नगरपालिकाको वेथिती, विसंगति र अनियमितताजस्ता कार्य तत्काल नरोकीय मंसिर ५ गते पछि कडा आन्दोलन घोषणा गरी तालाबन्दी समेत गर्न बाध्य हुने चेतावनी दिएका छन् ।