ओखलढुंगा। २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।