चितवन । भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति करिब १ बजेको समयमा बागमती प्रदेश०२–०५१ प १०२१ नम्बरको मोटरसाइल आफै अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२२ बस्ने वर्ष ३१ को अशोक भुजेल गम्भिर घाईते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ । मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर–२२ बस्ने २२ वर्षीय सुदिप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।