काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका वडा-२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध घुर लिएको आरोपमा मुद्धा दायर गरेको छ ।
अख्तियारले वडा अध्यक्ष ओलीले सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार घुस लिइसकेको अवस्थामा यस अघि नियन्त्रणमा लिइएको थियो ।
अख्तियारले अनुसन्धानको सिलसिलामा वडा अध्यक्ष ओलीले घुस लिएको प्रमाणित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।