काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लाष्टिकका फूल र मालामा प्रतिबन्ध लगाएको छ। नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी महानगरले प्लाष्टिकका फूलगुच्छा र माला बिक्री, वितरण र ओसारपसार तथा प्रयोगमा प्रतिबन्ध लगाएको हो।
‘काठमाडौं महानगरपालिको आव २०८१ ८२ को वार्षिक नीति तथा कार्यक्रममा एकल प्रयोगको प्लाष्टिक, प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोन भन्दा पातलो झोलाको बिक्री, वितरण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको छ’, महानगरले निकालेको सूचनामा भनिएको छ।
अनुगमनका क्रममा यस्ता सामग्रीको बिक्रीवितण वा प्रयोग भएको पाइ वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ बमोजिम कारबाही गर्ने चेतावनी महानगरले दिएको छ।