काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, अस्ट्रेलियन डलर, दिनारसहित धेरै जसो विदेशी मुद्राहरुको मूल्य घटेको छ। तर, पाउन्डको मूल्य भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७७ पैसा छ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा थियो। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज केही घटेको हो।
त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ८९ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८७ पैसा थियो।
आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा थियो।
त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४१ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४५ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ४७ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा थियो।