काठमाडौँ । जारी आइसीसी महिला टी-२० विश्वकप अन्तर्गत अस्ट्रेलियाले लगातार तेस्रो जित हासिल गरेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट हुदै ८२ रन बनाएको थियो ।
डिफेन्डिङ च्याम्पियन रहेको अस्ट्रेलियाको यस विश्वकपमा यो लगातार तेस्रो जित हो । समुह ए मा अस्ट्रेलिया ३ जितसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानको ३ खेलमा २ अंक मात्र रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल भारतविरुद्ध आइतबार खेल्दै छ भने पाकिस्तानले सोमबार न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ ।