काठमाडौं । गौशालास्थित धर्मशालाबारे मारवाडी सेवा समिति र पशुपति क्षेत्र विकास कोषबीच विवाद देखिएको छ ।
तत्कालिन प्रधानमन्त्री जुद्धशम्शेर राणाले वि.सं. १९९७ सालमा मारवाडी समाजका व्यक्तिहरुलाई सामाजिककार्य गर्नको लागि गौशला क्षेत्रमा जग्गा उपलब्ध गराएका थिए । त्यसमा पछि पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच २०६० जेठ १२ गते अर्को सम्झौता भएको थियो । तर उक्त सम्झौता कोषले २०८० साउन १७ गते भंग गरिदिए पछि विवाद उत्पन्न भएको हो ।
कोषको यस कार्यको विरुद्ध मारवाडी सेवा समिति अदालत गएको थियो तर काठमाडौं जिल्ला अदालतले यही १६ गते दावी नपुग्ने भनेर उक्त मुद्दा खारेज गरिदिएको छ र यही आदेशको आधारमा कोषले गौशाला खालि गराउन खोजिरहेको छ । यसमा मारवाडी सेवा समितिले आपत्ती जनाउँदै विरोध प्रर्दशन गरेका छन् । उनिहरुले मारवाडी सेवा समिति उक्त क्षेत्रमा बहालमा बसेको नभएर स्वयंम समिति नै मोही भएको दाबी गरेको छ ।
साथै मारवाडी सेवा समितिले यस बारेमा जिल्ला अदालतको आदेशमा पुनारावेदन गर्ने र उक्त प्रक्रिया नटुंगिदासम्म कुनै प्रकारको अबरोध नर्गन पनि आग्रह गरेको छ ।
यता पशुपति क्षेत्र विकास कोषले अदालतले विसं २०६० मा पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको बताएको छ ।