काठमाडौँ । नेप्सेमा आज २३ अङ्कको गिरावट आएको छ । विहिबार नेप्से २३.१० अङ्कले घटेर २४६३.६६ विन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २ लाख ९१ हजार ८९६ कित्ता शेयर ४ अर्ब ४ करोड १३ लाख २ हजार ३५ को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज अपर स्यांगे हाइड्रोको शेयर मुल्य सबै भन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ९२ लाख २३ हजार ८२० बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी ४ लाख ८७ हजार ९४१ कित्ता शेयर कारोबार भएको छ ।