काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना कार्डवाहक प्रयोगकर्ताहरूका लागि बूढानीलकण्ठस्थित लेमन ट्री होटलमा ३५ प्रतिशतसम्म छुट पाउन सक्ने अफर ल्याएको छ । नजिकिँदै गरेका दसैँ, तिहार, छठजस्ता चाडपर्वको विशेष अवसरमा भिसा डेबिट कार्ड, भिसा क्रेडिट कार्ड तथा मास्टर कार्ड प्रयोग गर्दा छुट पाउने छन् ।
ग्राहकहरूले होटलको बसाइँ, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुटप्राप्त गर्ने छन् । यस्तै, स्पा सेवामा भिसा डेबिट कार्ड तथा मास्टर कार्ड प्रयोगकर्ताले ३० प्रतिशत र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले ३५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
छुट अफर २०८१ मंसिर १५ गतेसम्मका लागि मात्र लागु हुने बैंकले जनाएको छ ।