काठमाडौं । सिंगटी हाइड्रो इनर्जी मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंक अगुवाइमा वित्तीय व्यवस्थापन भएको छ।
आयोजनामा माछापुच्छ्रेको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको हो।
आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रेका विनितकुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गरे।
१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्नेछन्। बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवद्र्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताले व्यवस्थापन गर्ने सिंगटी हाइड्रोले बताएको छ।
आयोजनामा ग्लोबल आइएमईए, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बीनी विकास बैंकको लगानी रहेनछ। आयोजनाको हेडवक्र्सदेखि विद्युत्गृहसम्मको उचाइ १४१८ मिटर रहेको छ, जुन नेपालका जलविद्युत आयोजनामा सबैभन्दा धेरै हो।