काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशको कास्कीमा अवस्थित अमरसिंह माध्यमिक विद्यालयको दृष्टिविहीन शाखामा निर्मित बहुउद्देश्यीय हल विद्यालयलाई हस्तान्तरण गरेको छ। बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडिया हल उद्घाटनसँगै विद्यालयका अध्यक्ष कृष्णप्रसाद कोइरालाले हस्तान्तरण गरेका हुन् ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निर्मित हलसहित विद्यालयलाई २० थान कम्प्युटर तथा सोलार, यूपीएस र ब्याट्रीसहयोगस्वरुप उपलब्ध गराइएको बैंकले जनाएको छ।
सहयोगले दृष्टिविहीन विद्यार्थीको पठन क्षमता तथा आवश्यकता पूरा गरेर आत्मविश्वास बढाउने अपेक्षा बैंकको छ।