काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सले जनकपुरस्थित मिथिला यात्री निवासमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बिमाशुल्क संकलन गरी मधेस प्रदेशबाट योग्य भएका १५० बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरिएको कम्पनीले बताएको हो।
प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले उद्घाटन गरेको कार्यक्रममा मधेसबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेशबाट आफ्नो कोड र सन्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा मधेसबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्रलगायतबाट सम्मान गरिएको कम्पनीले बताएको छ।
सम्मानित बिजनेस लिडरले सीईओबाट सम्मानित हुन पाउँदा मिहिनेतको कदर भएको बताए।