काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्यक्तिगत जग्गामा डोजर लगाएको आरोप लागेको छ ।
वडा नं. ८ को गुहेश्वरी स्थित साविक कित्ता नंं. १९६ र १९७ भित्र पर्ने जग्गामा गरिएको तारबारलाई महानगरले डोजर लगाएर भत्काई दिएको छ । महानगर प्रहरीले डोजर लगाएर जग्गाधनीले लगाएको तारबारलाई भत्काई दिएको हो ।
उक्त जग्गाको धनी विद्यापती उपाध्याय हुन । उपाध्याय मोही रहेको उक्त जग्गाको भोक चलन साविकमा पिता विद्यापती उपाध्याय र पछी उनका छोरा राम प्रसाद उपाध्यायले गर्दै आएका थिए । उपाध्यायको हक लाक्ने उक्त जग्गा उनको नाममा दर्ता नगरी सरकारले आफ्नै नाममा दर्ता गरेको थियो । यस कार्यको विरुद्धमा उपाध्याय अदालत गएका थिए ।
उपाध्यायले २०६२ सालमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । रिट नं. २६३४ रहेको मुद्दा २०६३ असार १३ गते फैसला भएको छ । न्यायाधीसहरु राजेन्द्र कुमार भण्डारी र गौरी ढकालको संयुक्त इजलासले रिट निवेदक उपाध्यायको पक्षमा आदेश गरेको छ ।
यसरी उपाध्यायको हक कायम हुने भनी सर्वोच्च अदालतले फैसला गरेकोको उक्त जग्गामा उपाध्यायले लगाएको तारबारलाई काठमाडौं महानगरपालिकाले भत्काई दिएको छ । यसमा उपाध्यायको कानूनी वारिश कृष्ण प्रसाद जती महानगरले ज्यादती गरेको बताउँछन ।
उनी कानून बमोजिम सबै चल्नु पर्ने भन्छन । महानगरले कानुन बिपरित कार्य गरेकोले उक्त तारबार पहिलाकै अवस्थामा पालिकाले नै बनाई दिनुपर्ने उनको माग छ ।
उनी भन्छन् - "कानुन बिपरित कसैले सरकारी जग्गा कब्जा गरि घर टहरा बनाएको छ भने त्यस्तो जग्गाको संरक्षण सरकारले गर्नु पर्दछ तर त्यस्तो कार्य कानुन बमोजिम हुनु पर्दछ"।
यता महानगरपालिकाको ८ नम्बर वडाको सचिव सत्यदेव पण्डितले उक्त जग्गाको तारबार महानगरको केन्द्रबाटै आएको टोलीले हटाएको र आफु हेर्न मात्र गएको बताए । उनले सरकारी जग्गा कहाँ कति छ हेरिरहेको र अतिक्रमणमा परेको भेटिएमा अतिक्रमण हटाई जग्गा संरक्षण गर्ने बताए ।