नयाँदिल्ली । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन ।
विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।
फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो ।
यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।
विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।