काठमाडौं । इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानले अब्बास अरागचीलाई विदेशमन्त्रीमा मनोनित गरेका छन् । यसबाहेक उनले फरजानेह सदेगलाई क्याबिनेट मन्त्रीमा नियुक्त गरेका छन् ।
अब्बास अरागची पश्चिमी देशको मित्रका रूपमा चिनिन्छन् । सडक तथा सहरी विकास मन्त्रालयको काम फरजानेह सदेगले सम्हाल्ने छिन् । सन् १९७० को इस्लामिक क्रान्तिपछि मन्त्री पद सम्हाल्ने उनी इरानमा दोस्रो महिला पनि बनेकी छिन् ।
आइतबार संसदमा अनुमोदनका लागि भएको हुने १९ प्रस्तावित मन्त्रिपरिषद् सदस्यमध्ये उनी पनि पर्छिन् ।
अब्बास अरागची पश्चिमका लागि आफ्नो खुलापनका लागि परिचित छन् । भावी विदेशमन्त्री अब्बास अरागचीले इरान र पश्चिमी देशहरू बीचको आणविक सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।