काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छँदा आज आज ५ वटा प्रदेशमा मुसलधारे वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ।