काठमाडौं । प्रगतिशील सष्टा धीरज नाथको नयाँ गीत हालै सार्वजनिक भएको छ ।
'लेकमको सेरोफेरो, मायाँ छ कि छैन मेरो' बोलको गीतमा सष्टा नाथको स्वर, संगीत र रचना रहेको छ । उनलाई गायकीमा आरती बिष्टले साथ दिएकी छन् । परदेशीएको दाजु र बैनी बीचको संवादको आधारमा तयार पारिएको गीतमा दुख, पिडा र राष्ट्रप्रेमलाई अभिव्यक्त गरिएको छ ।
वर्तमान नेपाली समाजको यथार्थलाई लोक भाका र सरल शब्दमा उतारिएको गीतको संगीत संयोजनमा बीरसिंह नाथ लोकभाका, बाँसुरीमा रतन बि.क, ढोलकमा भरत र मिक्सीङमा सबिन मगरले साथ दिएका छन् ।
हुरी स्टिडियो ललितपुरमा रेकर्ड गरिएको गीत 'न्याउली भाका' युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।