काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ। बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको हो।
केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। दलको अधिवेशनको तयारीबारे पनि छलफल हुने उनले बताए।