काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भए लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्लाई छलफलका लागि बोलाएका छन्। उनले आजै वरिष्ठ अधिवक्ता, संविधानविद्लगायतलाई छलफलमा बोलाएका हुन्।
एक अधिवक्ताका अनुसार नयाँ सरकार गठनका लागि आवश्यक प्रक्रियाबारे परामर्श लिन संविधानविद्लाई राष्ट्रपतिले बोलाएका हुन्। संविधानको धारा ७६(२) वा (३) कुन धारा प्रयोग गरेर सरकार गठन गर्ने भन्ने विषयमा दल तथा कानुनविद्का फरकफरक धारणा आइरहेका छन्।
सोही विषयबारे जानकारी लिन राष्ट्रपतिले कानुनविद्हरूलाई बोलाएका बताइएको छ।