काठमाडौँ । बेलायती पूर्व प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीकी उम्मेदवार लिज ट्रसले आफ्नो संसदीय क्षेत्रमा पराजित भएकी छन् ।
ट्रस आफ्नो साउथ वेस्ट नोर्फोक सिटमा टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित भएकी छन् । टेरी जेरेमीले ११ हजार ८४७ मत प्राप्त गरे भने लिज ट्रसले ११ हजार २१७ मत प्राप्त गरेकी थिइन् ।
हारपछि ट्रसले भने, 'धेरै नीतिहरूमा हामीले जनताले अपेक्षा गरेजस्तो प्रदर्शन गर्न सकेनौं । हाम्रो पार्टी करको दर घटाउन र आप्रवासन घटाउन असफल भयो ।'
यस निवाचनमा लेबर पार्टी १४ बर्षपछि सत्तामा फर्किएको छ । ६५० सिट रहेको बेलायतको तल्लो सदनमा लेबर पार्टीले अहिलेसम्म ४११ सिटमा जित हासिल गरेको छ भने कन्जरभेटिभ पार्टीले ११९ सिट जितेको छ ।