काठमाडौं ।आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी खेलमा वेस्ट इन्डिजले युगान्डालाई १ सय ७४ रनको लक्ष्य दिएको छ।
गुयनास्थित प्रोभीडेन्स ओभल स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन बनायो।
वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। रोभमन पावलले २३ रनको योगदान गर्दा निकोलस पुरन र शेरफेन रुथरफोर्डले समान २२ बनाए। यस्तै आन्द्रे रसेल ३० रनमा नटआउट रहे। युगान्डाका बसिन मासाबाले २ विकेट लिए।
समूह सीमा रेहका वेस्ट इन्डिज र युगान्डाबीच पहिलो पटक टी–२० खेल भएको हो। दुई पटकको विश्व विजेता वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीलाई पराजित गरेर २ अंक हासिल गरेको छ।
त्यस्तै युगान्डाले भने यस अघि खेलेका २ मध्ये एक जित र एक हार बेहोरेको छ। युगान्डा आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा पिएनजीमाथि ऐतिहासिक जित हासिल गरेको थियो।
त्यस्तै आज दोस्रो खेल समूह ए अन्तर्गत भारत र पाकिस्तानबीच हुँदै छ। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ।
आजै तेस्रो खेल समुह बी अन्तर्गत ओमान र स्कटल्याण्डबीच हुदै छ। एन्टीगास्थित सर भिभीयन रिचार्ड स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा १० बजेदेखि शुरु हुने छ।