काठमाडौं– पद्मकन्या बहुमुखी क्याम्पसमा मंगलादेवी सिंह फाउन्डेसनले ५ लाख राशीको अक्षय कोष स्थापना गरेको छ।
फाउन्डेसनकोतर्फबाट सिर्जना सिंहले अक्षय कोषका लागि ५ लाख राशीको चेक क्याम्पस प्रमुखलाई हस्तान्तरण गरेकी छन् । पद्मकन्या क्याम्पसमा आज एक कार्यक्रमकाबिच अक्षयकोष स्थापना गरिएको हो ।
पद्मकन्या क्याम्पसको राजनीतिशास्त्रका विद्यार्थीका लागि । एम. ए.र स्नातक तहका विद्यार्थीलाई प्रत्येक वर्ष अक्षय कोषबाट छात्रवृत्ति दिइनेछ । क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले अक्षयकोष स्थापनाले आफूहरू उत्साही भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिइन् । उनले पद्मकन्या स्थापनामा समेत मंगलादेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
फाउन्डेसनको तर्फबाट बोल्दै नेतृ सिंहले नेपालको राजनीतिमा मंगलनलेवी सिंहको भूमिका महत्त्वपूर्ण रहेको बताइन् । महिलाहरूका लागि छुट्टै विद्यालय र क्याम्पस स्थापनाका लागि मंगलादेवी सिंहले गरेको सङ्घर्षको चर्चा गरेकी थिइन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम र राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनीले अक्षयकोषको स्थापनाले गरिब, जेहनदार विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।