काठमाडौं । चर्को गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ । सोमबार दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेको थियो ।
गत हप्ता चर्को गर्मीपछि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ । भारतीय मौसम विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको थियो ।
जलवायु परिवर्तनका कारण मौसममा असर परेको र अहिले गर्मीको लहरको अवधि पहिलेभन्दा बढेको वैज्ञानिकहरुको विश्वास छ । यति मात्र होइन, गर्मीको लहर पनि पहिलेको भन्दा कडा बन्दै गएको छ ।