काठमाडौं । भारत विहारको आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण नेपालका केही क्षेत्रमा वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको छ।
नेपाली आकाशमा हाल स्थानीय र पश्चिमी वायुको पनि आंशिक प्रभाव छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भेगका केही तथा तराईका १-२ स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, वागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ।