जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी ६ स्थित आगलागी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिएका छन् ।
पीडित परिवारहरुसंग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।
बैशाख १२ गते मटिहानी नपा वडा नं. ६ मा भएको भिषण आगलग्गी बाट एक सय ३ घर जलेको थियो ।