काठमाडौं । पाकिस्तानको लाहोरबाट एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ । यहाँ भयंकर गरिबीबाट त्रसित एक व्यक्तिले आफ्नी श्रीमती र ७ नाबालिग छोराछोरीको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।
घटनापछि क्षेत्रमा सनसनी फैलिएको छ । पाकिस्तानको पञ्जाब प्रान्तका मुख्यमन्त्री मरियम नवाजले यस घटनाप्रति दुःख व्यक्त गर्दै प्रहरी महानिरीक्षकसँग यस विषयमा रिपोर्ट मागेकी छिन्।
आर्थिक समस्याका कारण अभियुक्त मानसिक रुपमा विचलित रहेको र श्रीमतीसँग पटक पटक झगडा गर्ने गरेको प्रहरीले जनाएको छ । आरोपित व्यक्तिलाई पक्राउ गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
संदिग्धले आफ्नो अपराध स्वीकार गरेको र छोराछोरीलाई खुवाउन नसक्दा यो कदम चालेको बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त पेशाले मजदुर सज्जाद खोखर रहेको प्रहरीले जनाएको छ ।
सज्जाद आफ्नी ४२ वर्षीया श्रीमती कौसर र सात नाबालिग सन्तानसँग मुजफ्फरगढ जिल्लाको अलीपुरमा बस्थे। जसको उनले बञ्चरो प्रहार गरी हत्या गरेको बताइएको छ । मारिएका नाबालकहरुमा ४ बालिका र ३ जना छोरा रहेका छन् जसमा जेठो १० वर्षको र कान्छी ८ महिनाकी मात्रै थिए ।