काठमाडौं । क्रिकेटमा ६ रन आउनको लागि सामान्यतया ब्याटरले छक्का हान्नुपर्ने मानिन्छ । सामान्य बुझाइमा यस्तो भए पनि नियमअनुसार भने अरु तरिकाले पनि ६ रन आउन सक्छ ।
ओमानमा भइरहेको एसीसी प्रिमियर कपको आजको एक खेलमा यस्तै भएको छ । आज भइरहेको ओमान र बहराइनबीचको खेलमा ओमानका ब्याटर अकिब इल्यासले चौका वा छक्का केही नहानी ६ रन ल्याए ।
खेलको टैटौं ओभरको पाँचौं बलमा सरफराज अलीको बल अकिब इल्यासले खेले । बल मैदानभित्रै थियो । फिल्डरले बल फिर्ता गर्दासम्म अकिब इल्यास र कश्यप प्रजापतिले दौडेर २ रन लिइसकेका थिए ।
फिल्डरले बलिङ इन्डतर्फ फालेको बल ओभरथ्रो भएर बाउन्ड्रीबनहिर गएपछि त्यसको समेत ४ रन गरी कूल ६ रन आयो । ओभरथ्रो भएको बल बाउन्ड्रीबाहिर पुग्नुभन्दा पहिले नै ब्याटरले दुई रन दौडेर लिइसकेको हुँदा त्यो दुवै रन समेत गणना भएको हो ।