काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले अहिलेसम्म नपाएको पुरस्कार छिटै दिने बताएका छन् ।
मन्त्री श्रेष्ठले क्रिकेट खेलाडीहरुले विहिबार बिहान घोषणा भएको पुरस्कार रकम अहिलेसम्म पुरा नपाएको गुनासो सुनेपछि आजै प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गरेको बताएका छन् ।
उनले सरकारले वितरण गर्न बाँकी रहेको रकम वितरण गर्ने प्रक्रिया भोलिदेखि नै शुरु गर्ने बताएका छन् ।