धनगढी। कैलालीको गेटास्थित गेटा अस्पतालले २६ जना स्वास्थ्यकर्मी माग गरेको छ। बुधबार एक सूचना प्रकाशित गरी १२ जना स्टाफ नर्ससहित २६ जना स्वास्थ्यकर्मी माग गरेको हो।
यसैगरी, ल्याब टेक्नीसियन ३ जना, हेल्थ असिस्टेन्ट ४ जना, फार्मेसी सहायक ३ जना, रेडियोग्राफी सहायक ३ जना, फिजियोथेरापी सहायक १ जना माग गरेको छ। अस्पतालले करार सेवामा जनशक्ति लिन लागेको हो।