रियाद । साउदी अरबले चीलकाे संरक्षण गर्नका लागि बिशेष परियाेजनाकाे घाेषणा गरेकाे छ ।
साउदीकाे उत्तरपूर्वी इमाम टर्की बिन अब्दुल्लाह रोयल नेचर रिजर्भले वन्यजन्तुको संरक्षण र प्राकृतिक वातावरणमा दुर्लभ मरुभूमि चरा होउबारा बस्टर्डलाई सुरक्षित राख्नका लागि विशेष परियाेजना घाेषणा गरेकाे हाे ।
साउदी प्रेस एजेन्सीका अनुसार लाेपाेन्मुख 'हाेउबारा बस्टर्ड' काे बचाउका लागि उन्नत पशुपालन केन्द्र निर्माण गर्न थालेको जनाएकाे छ ।
प्रशासनिक भवन, प्रजनन सुविधा, चिकित्सालय र प्रयोगशाला लगायत २२ वटा सुविधाहरु रहने पशुपालन केन्द्रको सुरुवातको अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । रिजर्भको दक्षिण पश्चिमी भागमा अवस्थित ४ वर्ग किलोमिटर भन्दा बढी क्षेत्रमा फैलिएको साे केन्द्रले २०२४ को अन्त्यमा यसको प्रारम्भिक प्रजनन चरण सुरु गर्ने लक्ष्य राखेको छ। जसअनुसार अन्ततः २५ हजार चराहरूलाई घरमा राख्ने अनुमान गरिएको छ, जुन संरक्षण प्रयासहरूमा महत्त्वपूर्ण कदमकाे रूपमा हेरिएकाे छ ।
रिजर्भका सीईओ मोहम्मद अल शालानले भने, 'विलुप्त हुँदै गएको दुर्लभ चरा प्रजाति होउबारा बस्टर्डको जनसंख्या बढाउने दिशामा केन्द्रको स्थापना महत्त्वपूर्ण कदम हो।'
उनका अनुसार वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन, वैज्ञानिक अनुसन्धान र अध्ययन र दिगोता सुनिश्चित गर्न स्थानीय समुदायलाई वातावरण संरक्षण प्रयासमा संलग्न गराउने साे संरक्षण क्षेत्रकाे याेजना रहेकाे छ ।
अल शालानले भने, 'साउदी अरेबियाको राज्यमा यो पहिलो प्रकारको सुविधाले होउबारा बस्टर्डका लागि सावधानीपूर्वक डिजाइन गरिएको सिमुलेटेड प्राकृतिक बासस्थान प्रदान गर्दछ, पूर्ण रूपमा संलग्न केन्द्र विशेष अध्ययन, अनुसन्धान गतिविधि र रिजर्व भित्र उपयुक्त प्राकृतिक बासस्थानमा होउबारा बस्टर्डलाई पुनः परिचय गर्न समर्पित हुनेछ।'
“यसका साथै यसले नयाँ रोजगारीका अवसरहरू सृजना गरी स्थानीय समुदायको आर्थिक उन्नतिमा योगदान पु¥याउने छ,” उनले भने ।
९१ हजार ५०० वर्ग किलोमिटर फैलिएको साे संरक्षित क्षेत्र देशकै दोस्रो सबैभन्दा ठूलो शाही रिजर्भको रूपमा लिइन्छ र यसको आश्चर्यजनक परिदृश्य र समृद्ध जैविक विविधताको लागि मनाइन्छ। यो दुर्लभ प्रजातिहरू जस्तै अरेबियन गजेल, अरेबियन ओरिक्स र अरेबियन ओस्ट्रिच साथै विभिन्न प्रकारका वनस्पतिहरूको घर हो।