मस्को। रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।
तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान गरेका छन् । राष्ट्रपति भ्लादिमिर पुटिन यस चुनावमा मुख्य उम्मेदवार हुन् र ६ वर्षको पाँचौं कार्यकालका लागि पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ।
यसैबीच, निर्वाचनको अन्तिम दिन आइतवारसम्म राष्ट्रपतीय निर्वाचनको सिलसिलामा रुसका १३ सहरमा ४७ जनाभन्दा बढी प्रदर्शनकारी र आन्दोलनकारीलाई पक्राउ गरिएको छ । ओभिडी इन्फो विरोध–अनुगमन समूहले यो जानकारी दिएको हो ।
रसियाको राष्ट्रपतीय निर्वाचनमा आइतवार ६७.५४ प्रतिशत मतदान भएको थियो, जुन २०१८ को स्तरलाई पार गरेको छ । मतदान समाप्त हुनु केही घण्टा अघि तास समाचार एजेन्सीले रूसमा २०१८ मा मतदान ६७.५ खसेको जानकारी दिदैँ उक्त जानकारी दिएको हो ।