काठमाडौं। हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको पाँचौं विकेट लिएको छ । कुशल भुर्तेलले पीएनजीको पाँचौ विकेट लिने क्रममा हिला भरीलाई १८ रनमा आउट गरे ।
यसअघि नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।
करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाको विकेट लिए ।
गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनमा आउट गरे ।