काठमाडौं। हङकङमा जारी टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले पपुवा न्युगिनीको लगातार विकेट लिएको छ ।
६ ओभरको खेल सकिँदा पपुवा न्युगिनीले महत्वपूर्ण ४ विकेट गुमाएको छ । नेपालका आकाश चन्दले २, करण केसी र गुलशन झाले एक/एक विकेट लिए ।
करण केसीले पहिलो ओभरमा पपुवा न्युगिनीका सेसे बाउलाई शून्य रनमा आउट गर्दा आकाशले दोस्रो ओभरमा पिएनजीका कप्तान असद भाला र चौथो ओभरमा लेगा सियाकाका विकेट लिए । गुलसन झाले पपुवा न्युगिनीका हिरी हिरीलाई १५ रनआ आउट गरे ।