काठमाडौं - नेपाल र हङकङले आज मैत्रीपूर्ण टी२० क्रिकेट खेल्दैछन्। खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरू हुनेछ।
नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ। त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि हङकङमा त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्नेछ।
यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन्।
आईसीसी टी-२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ