काठमाडौँन । भारतले इङल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट ५ विकेटले जित हासिल गर्दै जारी सिरिजमा ३-१ को अग्रता हासिल गरेको छ र सिरिज पनि जितेको छ ।
इङल्याण्डले पहिला ब्याटिंग गर्दै ३५३ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ३०७ रन बनाएको थियो । त्यस्तै इङल्याण्ड दोस्रो इनिंगमा १४५ रनमा अल आउट भएपछि भारतले टेस्ट जित्न १९२ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको छ ।
यस टेस्टमा इङल्याण्डका जो रुटले पहिलो इनिंगमा १२२ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै भारतका लागि ध्रुव जुरेलले पहिलो इनिंगमा ९० रनको पारी खेलेका थिए ।
त्यसैगरी भारतका बलर आर आश्विनले इङल्याण्डलाई दोस्रो इनिंगमा १४५ रनमा अल आउट गर्ने क्रममा ५ विकेट लिएका थिए ।
यस सिरिजमा पहिलो टेस्ट इङल्याण्डले २८ रनले जितेको थियो भने त्यसपछिका तीन खेल भारतले जितेको छ । अब सिरिजको पाँचौं टेस्ट आगामी मार्च ७ देखि धर्मशालामा शुरु हुने छ ।