काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालको छैटौं विकेट गुमेको छ। ३८ रन बनाएर शेख आउट भएका हुन्। पाँचौं विकेट २० रन बनाएर कुशल मल्ल आउट भएका थिए। चौथो भीम सार्की १७ रन बनाएर आउट भए।
नेपालले ओपनर कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो। क्यानडाविरुद्ध अर्धशतक बनाएका भुर्तेलले ६२ रन बनाए।
जारी खेलको ३९ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १७५ रन बनाएर खेलिरहेको छ। नेपालले त्यसअघि नेपालले आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान आठ रनमा गुमाएको थियो।
यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।