विन्डहोक । नामिबियाका खानी तथा ऊर्जा मन्त्री टम अल्वेन्डोले सोमबार सम्भावित लगानीकर्ताहरूलाई परिहोजनाम समेल गराउँनु अत्यावश्यक रहेको बताएका छन् । खनिज पदार्थहरूमा मूल्य थप्ने देशको प्रतिबद्धता आर्थिक वृद्धिको लागि महत्त्वपूर्ण योजना हुने पनि उनको धारणा छ ।
सोमबार साँझ दक्षिण अफ्रिकाको केप टाउनमा हुने आगामी इन्भेष्ट इन अफ्रिका माइनिङ इन्डाबामा देशको सहभागिताको घोषणा गर्दै अल्वेन्डोले महत्वपूर्ण खनिजहरूको बढ्दो विश्वव्यापी मागको प्रतिक्रियामा दिगो खानी अभ्यासहरूप्रति देशको बलियो भूमिका र योगदान बनाउनु पर्ने आवश्यकता औंल्याएका छन् ।
उनले खानी इन्डाबाले नामिबियालाई आफ्नो क्षमता प्रदर्शन गर्न र अन्य खानी सबल राष्ट्रहरूबाट उत्कृष्ट क्षेत्रीय र विश्वव्यापी अभ्यासहरू बारे सिक्न यो कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राखेका छन्
हामीले हाम्रा सम्भावित लगानी साझेदारहरूसँग समझदारी सिर्जना गर्नु आवश्यक छ । हाम्रो खनिजहरूमा मूल्य अभिवृद्धिमा नामिबियाको स्थिर स्थिति नामिबियाको अर्थतन्त्रको बृद्धिको लागि महत्त्वपूर्ण हुन्छ । हरियो भविष्य प्राप्त गर्न हामीले दिगो खानी अभ्यासहरूप्रति हाम्रो प्रतिबद्धतालाई बलियो बनाउन आवश्यक रहेको उहावले बताएका छन् ।
हीरा, सुन, तामा, जस्ता, युरेनियम, दुर्लभ पृथ्वी तत्त्वहरू, र औद्योगिक खनिजहरू सहित नामिबियाको विविध खनिज स्रोतहरू, अनुकूल नीति वातावरणको साथमा, राष्ट्रलाई खानी लगानीको लागि आकर्षक गन्तव्यको रूपमा विकास गरिएको मन्त्रीको दाबी छ । देशको खानी क्षेत्रले सन् २०२२ मा कुल गार्हस्थ्य उत्पादनमा लगभग १२.२ प्रतिशत योगदान गर्दै निर्णायक भूमिका खेलेको थियो ।
छलफल नामिबियाको सन्दर्भमा महत्वपूर्ण कच्चा पदार्थको विकास र स्थानीय मूल्य अभिवृद्धिू वरिपरि केन्द्रित रहने छ । यस प्रमुख कार्यक्रमको उद्देश्य राष्ट्रिय उत्खनन र महत्वपूर्ण कच्चा मालको प्रशोधन विकास र कार्यान्वयन गर्न नामिबियाको योजनाहरूमा अन्तर्दृष्टि प्रदान गर्नु रहेको उहावको टिप्पणी हुनेछ ।
नामिबियाका प्रमुख राष्ट्रिय संस्थाहरू जसमा नामिबियाको भूगर्भ सर्वेक्षण, एपान्जेलो माइनिङ, नामपावर, च्याम्बर अफ माइन्स, र नामिबिया इन्भेस्टमेन्ट प्रमोशन एण्ड डेभलपमेन्ट बोर्डले देशको प्रदर्शनीमा प्रस्तुत गर्नेछन्।