काठमाडौँ । आईसीसी यू–१९ विश्वकप सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
आजको खेलमा जित निकाल्दै नेपाल प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।
नेपालको प्लेइङ ११ :
अर्जुन कुमाल, दीपक बोहोरा, उत्तम थापा मगर, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक डुम्रे, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता ।