काठमाडौँ । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ।
कप्तान देव खनाल ३५ रन बनाउँदै पेभेलियन फर्केका छन्। कप्तान देवले ६० बलमा ३ चौका मद्दतमा ३५ रन बनाउँदा इलबाल हुसैनको बलका क्याच आउट भएका हुन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरेका थिए।
त्यसअघि पहिलो विकेटको रुपमा ओपनर विपिन रावल २ रन बनाएर ३.५ ओभरमा आउट भएका थिए भने दोस्रोमा आकास त्रिपाठी ३ रनमा आउट भए ।
तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भए ।