काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले खराब सुरूवात गरेको छ। दक्षिण अफ्रिका टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ‘पावर प्ले’मा दुवै ओपनरसहित तीन विकेट गुमाएको छ।
पहिलो विकेटको रुपमा ओपनर विपिन रावल २ रन बनाएर ३.५ ओभरमा आउट भएका थिए भने दोस्रोमा आकास त्रिपाठी ३ रनमा आउट भए ।
तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका छन्। नेपालले १० ओभरमा ३ विकेट गुमाउँदा ३५ रन जोडेको छ।